Logo

आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा नजिक देखिने



Spread the love

२७ असोज, काठमाडौं। आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा नजिक देखिँदै छ । मंगलग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने नासाले जनाएको हो ।

यस्तो क्षण नेपाली समय अनुसार राति १ बजेर ४५ मिनेटमा शुरु हुनेछ । खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई ‘अपोजिसन’ नाम दिइएको छ ।

त्यसक्रममा मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ । बुधबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा तीन ग्रह १ सय ८० डिग्रीको कोणमा आउने छन् ।

प्रत्येक २६ महिनामा मंगलग्रह पृथ्वीबाट नजिक देखिने गरेको नासाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्