Logo

काठमाडौं उपत्यकाका थप २२८३ जनामा संक्रमण पुष्टि, १४७३ जनाले जिते कोरोना



Spread the love

२६ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ४०४७ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा २२७५ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १४७३ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ७७२७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्