Logo

अबदेखि बंगलादेशमा बलात्कारीलाई फाँसीको सजाय दिइने



Spread the love

एजेन्सी। बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड सजाय दिने भएको छ । बलात्कारका घटना बढ्दै गएपछि बंगलादेश सरकारले कानुन संशोधन गर्दै दोषीलाई कठोर सजायको व्यवस्था गरेको हो ।

बंगलादेशका कानुनमन्त्री अनिसुल हकका अनुसार राष्ट्रपतिले हस्ताक्षर गरेपछि मंगलबारबाट यो कानुन लागू हुनेछ ।

केही अघि बंगलादेशमा भएको सामुहिक बलात्कारको एउटा घटनाको विरोधमा प्रदर्शनकारीले बलात्कारीलाई कठोर सजायको व्यवस्था गर्न सरकारसँग माग गर्दैै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्