Logo

यो वर्षको दशैँमा नयाँ नोट नपाइने



Spread the love

२५ असोज, काठमाडाैँ । यो वर्षको दशैँमा नयाँ नोट उपलब्ध नहुने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना महामारीको जोखिमका कारण यो वर्षको दशैँमा नयाँ नोट उपलब्ध नगराउने भएको हो ।

केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैँ लक्षित नयाँ नोट सटही नगर्ने जानकारी दिएको छ ।

गत वर्ष केन्द्रीय बैंकले करिब ६० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्