Logo

जनप्रनिधि र कर्मचारीलाई कोरोना संक्रमण देखिए लगतै नगरपालिका सिल



Spread the love

२५ असोज, भक्तपुर । चाँगुनारायण नगरपालिकाको कार्यालयमा कार्यरत केही कर्मचारी र जनप्रनिधिलाई कोरोना संक्रमण भएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् । 

त्योसँगै आइतबारदेखि केही दिनका लागि कार्यालयबाट प्रदान गरिने सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । 

संक्रमितको नजिक सम्पर्कमा हुनुभएको वा लक्षण देखिएका सबैले परीक्षण गराउन र  सतर्कता अपनाउन सबैलाई नगरप्रमुख मिश्रले आग्रह गरेका छन् । 

नगरप्रमुख मिश्रकाअनुसार चाँगुनारायण नगरपालिकाका हालसम्म २ जना जनप्रतिनिधि, २ जना अधिकृत, २ जना स्वास्थ्यकर्मी गरेर ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चाँगुनारायणमा कोरोना भाईरस संक्रमणको कारणले एक जनाको मृत्यु भए छ ।

प्रतिक्रिया दिनुहोस्