Logo

२८ दिनमा डा. गोविन्द केसीले ताेडे अनसन



Spread the love

२५ असोज, काठमाडौं। डा. गोविन्द केसीले २८ दिनमा अनसन तोडेका छन् । शनिबार राति सरकारसँग आठ बुँदे सहमति भएसँगै उनले १९ औँ अनसन आज अन्त्य गरेका हुन् ।

उनले शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन ताेडेका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसेका डा. केसी र सरकारबीच गएराति ८ बुँदे सहमति भएको थियो ।

सहमतिपत्रमा डा. केसीले आफैं र सरकारका तर्फबाट वार्ता टोली संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्