Logo

११ जना पीसीआर रिपोर्टबिनै आएपछि १६० जना यात्रु विमानस्थलमै थुनिए



Spread the love

२५ असोज, काठमाडौं। त्रिभुवन विमानस्थलमा दक्षिण कोरियाबाट आइपुगेका केही याुत्रको पीसीआर रिपोर्ट नहुँदा केही समय तनाव सिर्जना भएको छ।

शनिबार दिउँसो कोरियाबाट नेपाल आएकामध्ये ११ जनाको पीसीआर नपाइएपछि अन्य १६० जना यात्रु समेत विमानस्थलमै थुनिएको एक यात्रुले बताए। सँगै आएकाहरुमध्ये केहीको रिपोर्ट नभएपछि सबैयात्रुलाई बाहिर निस्कन नदिइएको हो।

सँगै आएकाहरुमध्ये केहीको रिपोर्ट नभएपछि सबैयात्रुलाई बाहिर निस्कन नदिइएको हो।विमानस्थलले बाहिर निस्कन नदिएपछि विमानस्थल भित्रै नारावाजी समेत भएको छ। दक्षिण कोरियामा कार्यरत नेपालीहरु चार्टर गरेर शनिवार दिउसो असियाना एयरलाइन्समार्फत् स्वदेश फर्केका थिए।

विमानस्थल स्रोतले भने उनीहरु मध्ये ५ जनाको मात्रै स्पष्ट कोरोना परीक्षणको नतिजा खुलेको र अन्य १५५ जनाको रिपोर्ट स्पष्ट नदेखिएको जनाएको छ। सरकारले विदेशबाट आउँदा अनिवार्य पीसीआर हुनुपर्ने माग गरेको छ।

उनीहरलाई घर पठाउने वा क्वारेन्टाइन पठाउने निर्णयका लागि माथिको आदेश कुरिरहेको अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्