Logo

आइतबार आकस्मिक बाहेक देशभरका सबै स्वास्थ्य सेवा बहिस्कार गर्ने घोषणा



Spread the love

२४ असोज, काठमाडौं । नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ ।

नेपाल चिकित्सक संघले २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिस्कार गर्ने घोषणा गरेको छ भने आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिएको छ । 

यसअघि संघले बुधवार नै विरोधका चरणबद्ध कार्यक्रम गर्ने निर्णय  गरेको थियो। बिहीबार सरकार र केसी पक्षबीचको वार्ता सकारात्मकरुपमा अगाडी बढेपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको थियो । तर शुक्रवार राति करिब डेढ घण्टा भएको दुवै पक्ष बीचको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो ।

शनिबार मात्र सरकारी वार्ता टोलीले कोभिड-१९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न अनसन अन्त्य गर्न डा. केसीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्