Logo

एकै परिवारका ८ जनालाई कोरोना संक्रमण !



Spread the love

२४ असोज, अर्घाखाँची । शनिबार सन्धिखर्क नगरपालिका–१ मा एकै घर परिवारका आठ जनामा कोरोना संक्रमण भएको छ ।

शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काका परिवारका आठ जनामा कोरोना देखिएको हो । उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए । यससँगै आज जिल्लामा थप ३४ कोरोना संक्रमित बिरामी थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्