लामो समयकाे अथक प्रयासपछि दाङमा फेरि “समिट” एयरले उडान भर्ने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका संगकाे सहकार्यमा यहि पाैष २३ गतेदेखि तुलसीपुरमा हप्ताको दुईवटा उडान भर्ने तयारी भएको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिए ।
तुलसीपुर उधाेग बाणिज्य सङघ र जिल्लामा रहेका सरकारि तथा गैरसरकारी संघ सस्थाकाे समन्वयात्मक भुमिकामा दाङमा नियमितरूपमा उडान भर्न पहल थालिएको छ ।
विभिन्न दलका नेता तथा उपमहानगरपालिकाकाे पहलमा जिल्लामा नियमितरूपमा हवाई सेवा सञ्चालनमा ल्याउने र ईन्धन डिपो स्थापना नहुदा सम्म बैकल्पिक ब्यबस्थापन गर्न एरर्पाेट लाई बिस्तार गर्न पनि काम अगाडि बढाउन जनप्रतिनिधि तथा विभिन्न प्रमुख दलका नेताहरूले पहल थाल्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन ।
प्रतिक्रिया दिनुहोस्