पर्वतमा पछिल्लो परिणामअनुसार एमालेका युवा नेता पदम गिरीले १४ हजार १६८ मत ल्याएका छन् । उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका अर्जुनप्रसाद जोशीले १० हजार ३१६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेशसभातर्फ १ मा पनि बाम गठबन्धनका माओवादी उमेदवार नेत्र अधिकारीले ६ हजार २७७ मत ल्याउँदै अग्रता लिइरहेका छन् भने कांग्रेसका नवराज गुरुङले ५ हजार ८२७ मत ल्याएका छन् ।
प्रदेशसभा २ मा एमालेका विकास लम्सालले ६ हजार ५४३ मत ल्याएका छन् । कांग्रेसका राजेन्द्र तिवारीले ६ हजार १८६ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस्