Logo

मेरो जन्मभुमि : स्याङ्गजा ( कविता ) – रमन खनाल ।



Spread the love

 

 गण्डकीको काखमा आहा कति राम्रो ठाउ |

अति सुसील मानीस साथि अति राम्रो गाउ ||

 

पुर्व तनहु पश्चिम पर्वत गुल्मी छिमेक हाम्रा |

उत्तर दक्षिण कास्की पाल्पा डाडा कति राम्रा ||

 

अकला गर्हौ आलम देवी सबको बरदान छ |

यो ज्यान जहा भएपनि मन त उतै जान्छ ||

 

देश विदेशका पर्यटक सबको घुम्ने रहर |

वालिङ्ग बजार चर्चीतै छ,देशको स्वोच्छ सहर ||

 

छैनन् जाली स्याङ्गालि सबको गर्छन हित |

मनकामना नुवाकोट इतिहासमै चर्चित ||

 

अन्धाअन्धी दह हाम्रा मनै रसाउछ |

सुन्तला र कफीले सिंगो, मुलुक बसाउछ ||

 

गण्डकीको चिसो पानि सबको पाप धुन्छ|

आखा लगाई र्याल चुहाउदै सारा बिस्वो रुन्छ ||

 

आधिखोला बगरको मैदानमा बसी |

दुख पिडा सबै हटाउ स्याङ्गजा जिल्ला पसी ||

 

मिर्मिको त्यो स्ट्रीमर चडि सीला घुमम साथि |

सोलीघोप्टे प्याराग्लाइडिङ्ग जामला आकासमाथि ||

 

जति बयान गरेपनि मुखै थाक्दैन यो |

मेरो मनको ढुकढुकी प्यारो स्याङ्गजा नै हो ||

 

देशको पहिलो होम स्टए दरौ सिरुबारी |

नाउडाडाको भालु पहाड चर्चा देशै भरि ||

 

छांछंग्दीको मेला राम्रो भन्नै पर्दैन |

संगत गर स्याङ्गजालिको आशु झर्दैन ||

 

घुम्न हिड सबै साथि आफ्नै ज्यान फाली |

सबको मनमा बस्न सफल म त स्याङ्गाजालि ||

 

ए हजुर ,सबको मनमा बस्न सफल म त स्याङ्गाजालि ||

प्रतिक्रिया दिनुहोस्