Logo

कोरोना संक्रमित १०२ वर्षीया महिला निको भएर घर फर्कीइन्



Spread the love

एजेन्सी । इटालीमा कोरोना भाइरसबाट संक्रमित एक जना १०२ वर्षीया वृद्धा निको भएकी छन् । इटालीको उत्तरी क्षेत्रमा पर्ने जेनोआ सहरी १०२ वर्षीया वृद्धा २० दिनको अस्पताल बसाइपछि निको भएर घर फर्किएको सीएनएनले जनाएको छ ।

‘इटालीका कोरोना महामारीबाट प्रताडित सबै वृद्धवृद्धाका लागि आशाको किरण बनेकी छिन्,’ चिकित्सक भेराले भने।

इटालिकालाई मार्चको सुरुवातमा मुटुसम्बन्धी रोग देखिएर अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भाइरसको हल्का लक्षण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्