Logo

महालक्ष्मीमा ४० लिटर स्यानीटाइजर वितरण



Spread the love

१५ चैत, ललितपुर – महालक्ष्मी नगरपालिकाले आफ्नै नगर क्षेत्रमा उत्पादित ४० लिटर घरेलु स्यानिटाइजर वितरण गरिसकेको छ । कोभिड–१९ को जोखिम नगरपालिकामा भित्रन नदिन महालक्ष्मीले उक्त काम गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको मान्यतानुरुप नगरपालिकामा स्यानिटाइजर बनाई वितरण गरिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताए ।


उनले भने, “विगतमा सङ्गठनमा कार्यरत व्यक्तिसँग छलफल गरी स्यानिटाइजर बनाउने कामलाई धमाधम निरन्तरता दिइरहेका छाैँ ।” थप स्यानिटाइजर बनाउन आवश्यक कच्चा सामग्री ल्याउने क्रम अघि बढिरहेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्