Logo

कोरोनाले देशलाई समाउँदै, अटेरी जनता सडकमा रमाउँदै (फोटो फिचर)



Spread the love

१२ चैत, जनकपुर – सन २०१९ को डिसेम्बरमा चीनबाट एकाएक डरलाग्दो खबर फैलियो- कोरोनाको भाइरस (कोभिड–१९) बारेमा । संसारभर सन्नाटा छायो, मान्छेहरू कोरोनाका कारण मर्न थाले । मर्ने क्रम रोकिएको छैन, रोक्न सकिएको छैन । अझ डरलाग्दो कुरा त के भयो भने यो महामारी विश्वभर फैलिन सुरु गर्‍यो । चीनमा मात्र ८० हजार बढी संक्रमित र ३ हजार २ सय बढीको यो महामारी का कारण मृत्यु भाईसक्यो । अहिले, इटालीमा संक्रमित र मृत्यु हुनेको सङ्ख्या निक्कै छ ।

विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बुधबारसम्म १८ हजार ८ सय ९२ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभरि ४ लाख २२ हजार ६ सय १४ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरसको सङ्क्रमण हालसम्म १ सय ९२ भन्दा बढी देशमा देखा परीसकेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

कोरोनाबाट जनतालाई बचाउन नेपाल सरकारले देशलाई नै लकडाउन गरेको छ । तर, नेपालका विभिन्न क्षेत्रमा लकडाउनलाई चुनौती दिँदै जनताहरू सडकमा देखिएका छन् । विशेष गरी तराईका क्षेत्रमा अटेरी जनता धेरै देखिएका छन् । बुधवार धनुषा जिल्लाको धारापानीमा सल्लेरीखबरकर्मी आशिक यादवले कैद गरेका केही तस्बिरहरू :

प्रतिक्रिया दिनुहोस्