Logo

आज मिति २०७६ साल कार्तिक १६ गते शनिबार, आजको राशीफल



Spread the love

आज मिति २०७६ साल कार्तिक १६ गते शनिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । पठनपाठनमा समय दिन नसकिएला।आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् ।

बृष राशी -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )

सन्तानले प्रसन्नता दिलाउनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

मिथुन राशी- ( का, कि, कु, घ, ङ, छ, के, को, ह )

मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ । मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईनेछ । नयाँ कार्यको थालनी हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ।

कर्कट राशी – ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

सिंह राशी -( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

व्यापारमा पनि राम्रै फाइदा हुनेछ। कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला ।पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

कन्या राशि -( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । काममा स्थानान्तरण अथवा टाढाको यात्रा हुने सम्भावना छ। काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ।

तुला राशि – ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )

पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । अचल सम्पत्ती हात पर्ने योगछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक राशी- ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ ।काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । तापनि मनग्य धन आर्जन गर्ने अवसर जुट्नेछ। विभिन्न उपहार प्राप्त हुने समय छ ।

धनु राशी -( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )

परिवारजनको साथले उत्साहित भइनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ।

मकर राशी – ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )

शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । समय व्यवस्थापन गर्न गारो पर्नेछ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

कुम्भ राशी – ( गु, गे, गो, सा, सि, सु, से, सो, द )

कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

मीन राशी – ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

रोकिएका काम समेत सम्पादन हुनेछन्।सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। तीर्थाटनको अवसर प्राप्त हुनेछ। धेरैले तारिफ गर्नेछन् धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ।मंगलमय कृत्य सम्पादन गर्ने समय छ ।

प्रतिक्रिया दिनुहोस्