Logo

चोरीका घटनामा बालबालिका



Spread the love

१४ कार्तिक, सुर्खेत – सुर्खेतमा पछिल्लो समय चोरीका घटनामा बालबालिकाको संलग्नता बढदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयकानुसार पछिल्लो डेढमहिनाको अवधिमा ३० भन्दा बढी चोरीका घटनामा अधिकांश बालबालिकाको संलग्नता भएको पाइएको हो ।

प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साढे तीन महिनामै चोरीका १५ घटना दर्ता भएकामा २० भन्दा बढी बालबालिका बारम्बार चोरीमा संलग्न भएको देखिएको छ । प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रवि रावलले बालबालिका चोरीका घटनामा संलग्न हुने क्रम बढेको बताए ।

“उमेर नपुगेका २०÷२२ बालक चोरीमा संलग्न भएको पाइएको छ,” उनले भने, “पक्राउ गर्यो, बालबालिका भएकै कारण अदालतले छाडिदिन्छ, अनि पुनःचोरी शुरु गर्छन् ।” बालबालिकाले ठूला पसलभन्दा स–साना पसल तथा घुम्ती पसल फोडेर चोरी गर्ने गरेका थिए ।

बारम्बार चोरीमा संलग्न बालबालिकाको आचरण सुधारसँगै पुनःस्थापनामा स्थानीय तह र नागरिक समाजले सक्रियता बढाउनुपर्नेमा जोड दिँदै प्रवक्ता रावलले बालबालिका भएकै कारण उन्मुक्ति पाउने अवस्था छ तर खराब आचरणका त्यस्ता बालबालिकाकालाई सुधार गर्नाको विकल्प छैन् भने ।

प्रतिक्रिया दिनुहोस्