Logo

इटालियन सिरी ‘ए’ मा मिलानको अपराजित यात्रा कायमै



Spread the love
 

९ असोज, काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले लाजियोमाथि जित हात पारेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा लाजियोलाई १–० गोल अन्तरले पराजित गर्दै इन्टरले लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

इन्टरको जितमा डानिलो डी’आम्ब्रोसिओले खेलको २३ औँ मिनेटमा गरेको निर्णायक गोल नै जितको लागि पर्याप्त भयो ।

इन्टरको यो लगातार पाँचौ जित हो । जितसंगै इन्टर लिगमा १५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पराजित लाजियोको भने ७ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्