९ असोज, काठमाडौं । लन्डन क्लब चेल्सीले इंग्लिस फुटबल लिग (इएफएल) कपमा दोस्रो डिभिजनको ग्रिम्सबी टाउनमाथि सानदार जित हात पारेको छ। घरेलु मैदान स्टाफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीले ग्रिम्सबीमाथि ७–१ को फराकिलो जित निकाल्दै इएफएलको चौथो चरणमा प्रवेश गरेको हो ।
चेल्सीको जित दिलाउने क्रममा मिचे बात्सुयाईले दुई तथा रोस बार्कली, पेड्रो रोड्रिग्वेज, कोर्ट जुमा, रिस जेम्स र कलुम हड्सन ओडोइले समान १–१ गोल गरे । पाहुना टोलीका ग्रीनले एक गोल फर्काए ।
अब चेल्सीले चौंथो चरणमा म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्