९ असोज, काठमाडौं । रियल म्याड्रिडले स्पेनिस ला लिगामा ओसासुनामाथि सहज जित निकालेको छ । बुधबार घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले २-० को जित निकालेको हो ।
खेलको ३६ औं मिनेटमा टोनी क्रुसको पासमा भिनिसियसले उत्कृष्ट फिनिस गर्दै म्याड्रिडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा डेब्युको अवसर पाएका रोड्रिगोले अग्रता दोब्बर बनाए । भिनिसियसको स्थानमा मैदान छिरेका उनले मैदान प्रवेश गरेको एक मिनेटमै गोल गर्दै टोलिको जित पक्का गरेका थिए ।
रियलका लागि अब अर्को खेल म्याड्रिड डर्बी रहेको छ । लिगमा रियल १४ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट १३ अंक छ ।
प्रतिक्रिया दिनुहोस्