४ असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आज ग्रानडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राती १२ : ४५ बाट सुरु हुनेछ। मेस्सी ग्रानडाविरुद्धको खेलमा मैदान उत्रने छन् ।
यस अगाढी घाइते भएका कारण मेस्सीले ला लिगाका ४ खेल गुमाएका थिए। ला लिगामा आजको खेल मेस्सीको यस सिजनको डेब्यु खेल हुनेछ।
लिगमा बार्सिलोना ७ अंकसहित पाँचौ स्थानमा रहेको छ।
प्रतिक्रिया दिनुहोस्