एभरेष्ट बैंकले मोरङ्गको बिराटचोकमा नँया एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको आइतबार एक कार्यक्रमकाबीच सुन्दर हरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल र एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सोमेस्वर सेठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सुन्दर हरैचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाई, बरिष्ठ उद्योगी भोला दुलाल, बैकका नायव महप्रबन्धकहरु लगायत स्थानीय तथा सामाजिक संघ संस्थाका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्