Logo

कुङ्ग फु परिवारले गर्‍यो खेलाडीलाई आर्थिक सहयाेग



Spread the love

नेपाल कुङ्ग फु परिवारले एक महिना अगाडी अकस्मात दुर्घटनामा परि स्पाइनल कर्ड भाँचिएका राष्ट्रिय कुङ्ग फु खेलाडी भागवत बुढाथोकीलाइ आर्थिक सहयोग गरेको छ ।

बुढाथोकीको उपचार सुष्मा काेइराला मेमोरियल अस्पताल साखुमा भइरहेको छ ।

बुढाथोकीले कुङ्ग फुका विभिन्न राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भै पदक समेत जितेका छन् ।

रामेछाप घर भएका उनकाे आर्थिक अवस्था कम्जाेर भएका कारण उपचारका लागि समस्या परेकाले नेपाल कुङ्ग फु परिवार बाट संकलित रकम रकम नेपाल कुङ्ग फु संघका का. मु. अध्यक्ष श्री सिता राम हुमागाईको उपस्थिमा कुङ्ग फु टोली द्वारा नगद रु ५०,०००/ पचास हजार भगवतकाे परिवारलाई हस्तान्तरण गरिएको कुङ्ग फु प्रशिक्षक चन्द्र महर्जनले सल्लेरी खबरलाई बताए ।

अझै उनकाे उपचारका लागि रकम अपुग भएकाले उनले सहयाेगकाे लागि अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्