Logo

बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भने, ‘चुपचाप बस्नु नै बेश हुनेछ’



Spread the love

२७ असोज, काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफ फर्काएका छन् ।

उनले ट्वीटरमा लेख्दै पूर्व राजाले देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुने भन्दै जवाफ फर्काएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेतीगर्नु र देशलाई पुन:द्वन्दमा धकेल्नु मात्रै हो।पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ!’

प्रतिक्रिया दिनुहोस्