Logo

आइसिसिको एकदिवसीय मान्यता नेपाली क्रीकेट टोलीलाई गोपाल न्यौपानेको बधाई ।



Spread the love

 

अनेरास्ववियु कपिलवस्तु काठमाडौं सम्पर्क मंचका अध्यक्ष तथा विद्यार्थी नेता गोपाल न्यौपानेले नेपाली क्रीकेटले प्राप्त गरेको एतिहासिक उपलब्धिप्रति नेपाली क्रीकेट टोलि तथा समर्थकमा बधाई ज्ञापन गरेका छ्न। जिम्माबेमा जारी विश्वकप छनोटको प्लेअपमा पपुवा न्युगिनीमाथी सानदार जित निकाल्दै आइसिसिको एकदिवसीय मान्यता प्राप्त गरेको छ । नेपाली क्रीकेट इतिहासमा अहिलेसम्मकै ठूलो मानिएको यो उपलब्धिबाट विशेषगरि युवा विद्यार्थीहरुले उत्साहित प्रतिक्रिया जनाइरहेका छ्न । यसैक्रमका एक हुन उर्जाशिल युवा नेता गोपाल न्यौपाने ।

गोपाल न्यौपाने – विद्यार्थी नेता

 

 

 

 

 

 

 

 

 

 

राज्यको कमजोर लगानि र पुर्वाधारका बाबजुत नेपाली क्रीकेट टोलिले गरेको निरन्तर मेहनत र लगनशीलताले आज नेपाली क्रीकेट यो अबस्थामा आएको भन्दै अध्यक्ष न्यौपानेले यो अबसरलाइ भरपुर सदुपयोग गरि राज्यले क्रीकेट विकासमा गम्भीर भएको लाग्नुपर्नेमा जोड दिए। क्रीकेटले राष्ट्रिय भावनालाई एकजुट पार्न सफल भएको भन्दै न्यौपानेले क्रीकेट विकाशबाट देशलाइ एउटै मालामा गास्न सकिने तर्क गरे। उनले भने – नेपाली खेलाडिहरुले नेपाल क्रीकेटको लागि सम्भावनाले भरिएको देश हो भनेर विश्वमाझ प्रमाणीत गरिसकेका छ्न ।

अब राज्यले पुर्वाधार निर्माण , खेलाडिको वृद्धिविकाश , प्रभाबकारी घरेलु संरचना लगायतका कुराहरुमा जोड दिनु जरुरी छ।निलम्बित रहेको क्यानलाइ तत्काल गठन गरि क्रीकेट गतिविधिलाई क्रियाशिल पार्नको निम्ति सरोकारवाला निकाय गम्भीर बन्नुपर्नेमा न्यौपानेको जोड छ। सोमबार भएको खेलमा पपुवान्युगिनीलाई नेपालले पराजित गरेसंगै अर्को खेलमा नेदरल्यान्ड विजय भएपछी एकदिवसीय मान्यताको लागि नेपालकोलागि केही सहज भएको थियो।

एकदिवसीय मान्यतासंगै नेपाली क्रीकेटले आइसिसीबाट पाउने सेवा सुबिधा तथा अबसरहरुमा ठूलो वृद्धि हुने भएपछि नेपाली क्रीकेटले फड्को मार्ने धेरैको अपेक्षा रहेको छ भने अर्कोतर्फ राज्यले क्रीकेट विकाशमा कत्तिको ध्यान दिन्छ भन्ने चिन्तापनि उत्तिकै रहेको छ। स्मरण रहोस कुनै बेला विश्व कप खेलिसकेको बलियो टोलि केन्या त्यहाको आन्तरिक कारणले अहिले नेपाल भन्दा तल्लो वरियतामा रहेको छ। (गोपाल न्यौपानेहाल त्रिचन्द्र कलेजमा अध्ययनरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्