Logo

कुमारी बैंकद्वारा महिलालाई आत्मरक्षासम्बन्धि प्रशिक्षण



Spread the love

९ असोज, काठमाडाैँ । कुमारी बैंक लिमिटेडले २० औँ वार्षिकोत्सवको अवसरमा महिलाहरूलाई आत्मरक्षासम्बन्धि प्रशिक्षण दिएको छ । ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तिकरण’को उद्देश्य सहित महिला हिंसा न्युनीकरणका लागि कुमारी बैंकले आत्मरक्षा तालिम दिएको हो ।

महिला मैत्री वातावरण सहितको कार्यस्थललाई अग्रस्थानमा राखि कुमारी बैंकले कारोवार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरुमा थप जागरूकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोवलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मारक्षा सम्बन्धमा जनचेतनामा समेत विस्तार हुनेमा बैंकले विश्वास लिएको छ ।

कुमारी बैंकले देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्