Logo

भरतमणीले जिते कमेडी च्याम्पियन, के-के पाए पुरस्कार ?



Spread the love

३ असोज, काठमाडौं । कमेडी च्याम्पियन सिजन- २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । उत्कृष्ट प्रस्तुति दिँदै टप – ३ मा पुगेका ताप्लेजुङका पौडेल उपाधि चुम्न सफल भएका हुन् ।

कमेडी च्याम्पियनको फिनाले शनिबार सम्पन्न भएको थियो । उक्त फिनालेमा दर्शकहरुबाट सबैभन्दा बढी भोट पाएका पौडेललाई आयोजकले विजेता घोषणा गरेको थियो ।

उपाधि जितेसँगै उनले डाट्सनको कार एकथान र नगद २५ लाग प्राप्त गरेका छन् । सामाजिक र राजनीतिक विषयलाई ‘कन्टेन्ट’ बनाएर प्रस्तुति दिँदै आएका भरतमणि विजेता बन्नु अघि नै दर्शकमाझ लोकप्रिय बनेका थिए ।

त्यसैगरी, सिक्किमका बिक्की अग्रवालले दोश्रो स्थान पाउँदा गोरखाका सन्तोष थापा तेश्रो भए । उनीहरूले क्रमशः टिभिएस अपाचे बाइक र टिभिएसकै एनटोर्क स्कुटर पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्