Logo

बँदेललाई थापेको विद्युतीय धरापमा परेर एकै परिवारका तीन जनाको मृत्यु



Spread the love

२ असोज, बर्दिया । जंगली बँदेललाई धपाउन थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–३ गोदाना गाउँमा एकै घरका तीनजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती थारु भएको प्रहरीले जनाएको छ ।

उनीहरू शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन थापेको विद्युतीय धरापमा परेका थिए ।

खेतमा विद्युतीय पासो थापेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्