Logo

विद्यालय परिसरमै शिक्षकको घाँटी रेटी हत्या



Spread the love

२९ भदाै, दैलेख । विद्यालय परिसरमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी अनुसार गुराँस गाउँपालिका– ८ लालिकाँडामा रहेको मालिका माविका शिक्षक नगेन्द्रकुमार बिसीको शव हत्या गरिएको अवस्थामा फेला परेको हो ।

उनको शव घाँटी रेटिएको अवस्थामा मंगलबार बिहान विद्यालयको बरन्डामा फेला परेको हो ।

नजिकै रहेको मकैबारीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेर विद्यालयको बरन्डामा फालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर थप अध्ययन अनुसन्धान गरिरहेको छ जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्