Logo

गायिका विष्णु माझीको माइतीघरमा पुग्यो प्रहरी



Spread the love

२८ भदाै, स्याङ्जा । चर्चित गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन प्रहरी उनको माइतीघर पुगेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोली गायिका माझीको माइतीघर चापाकोट पुगेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरी गायिका माझीकाे अवस्था बुझ्न आग्रह गरेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार उनको माइतीघरमा कोही पनि भेटिएनन् । विष्णुका बाबुआमाको निधन भइसकेको छ भने दाजु वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

माझीले गाएको ’चरी जेलैमा’गीतले पछिल्लो समय चर्चा मात्रै नभएर उनको निजी जीवन सार्वजनिक हुनुपर्ने बहस पनि चलिरहेको छ ।

यसअघि २०७५ सालमा जिल्ला प्रहरी कार्यालयमा विष्णु माझी उपस्थित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्