Logo

एमालेका सांसदहरूको ठेलमेलमा कुर्सि भाँचिए



Spread the love

२५ भदाै, काठमाडाैँ । शुक्रबार एमालेले प्रतिनिधिसभाको बैठकमा गरेको विरोधका क्रममा कुर्सी भाँचिएका छन् ।

प्रतिपक्षी दल एमालेका सांसदहरूले गरेको अवरोधमा ठेलमेल हुँदा कांग्रेस सांसदहरु बस्ने कुर्सी भाँचिएका हुन् ।

एमाले सांसदले अवरोधको प्रयास गरे पनि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेशहरु पास गराएका छन् । शुक्रबारको बैठकमा ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ स्वीकृत भएका छन् ।

एमालेका सांसदहरूको ठेलमेलमा कांग्रेस नेता सशांक कोइराला र प्रकाशमान सिंह बस्ने कुर्सी भाँचिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्