Logo

सबै काम छोडेर कक्षा १२को परीक्षाको तयारीमा लागिन् अभिनेत्री करीश्मा मानन्धर



Spread the love

२१ भदाै, काठमाडाैँ । अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ को वार्षिक परीक्षाको तयारी जुटेकी छिन् । केही दिनअघि मात्रै अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामानको व्यवसाय नेपालमा सुरु गरेकी करिश्मा तालिका प्रकाशन भएसँगै परीक्षाको तयारीमा जुटेकी हुन् ।

परीक्षामा जुटेकी करिश्माले अहिलेका लागि सबै काम छोडेर पठनपाठनमा लागेकी छन् । परीक्षा भरको अवधिमा उनको व्यवसाय छोरी र श्रीमानले हेर्ने बताएकी हुन् ।

करिश्मा अहिले किटनी कलेज अध्ययनरत छिन् । होम सेन्टरबाट परीक्षा हुने भएपछि उनको परिक्षा सेन्टर पनि सोही कलेजमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्