Logo

बिजुलीको खम्बाबाट खसेर १९ वर्षीय कामदारको मृत्यु



२० भदाै, ओखलढुङ्गा । विद्युत्को खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ । शनिबार दिउँसो सोलु करिडोर प्रसारण लाइनको विद्युत्को खम्बाबाट खसेर सिद्धिचरण नगरपालिका–४ रुम्जटारका १९ वर्षीय निखिल फुँयालको मृत्यु भएको हो ।

मानभञ्ज्याङ गाउँपालिका–७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रसारण लाइनको विद्युत्को तार विस्तार गर्ने क्रममा खमबाबाट खसेर फुँयालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिए । विद्युत्को तार विस्तारका लागि खम्बामा चढ्दा हातमा करेन्ट लागेपछि खसेर ढुङ्गामा परी उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्