Logo

आयुर्वेदिक औषधीको बट्टामा गाँजा लिएर कतार जान लागेका व्यक्ति पक्राउ



Spread the love

८ भदाै, काठमाडाैँ । कतार जान लागेका एक जना यात्रु गाँजासहित पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलबाट कतार जान लागेका व्यक्ति ८०० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चितवन खैरेनीका २७ वर्षीय राज पाडक रहेका छन् । उनलाई बिहान साढे १० बजे दोहा जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थलबाट पक्राउ गरेको हो ।

उनले लगेजभित्र ग्याष्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदिक औषधी उद्योग गोकर्णेश्‍वर १, काठमाडौं लेखिएको सिल गरेको बट्टाभित्र गाँजा लुकाई लैजान लागेको अवस्थामा गाँजा फेला पारिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाडकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी वैदेशिक रोजगारीका लागि कतार जान लागेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्