Logo

खाना नमिठो पाएको भन्दै महिलालाई आगो लगाइयो



Spread the love

५ भदाै, एजेन्सी । अफगानिस्तानमा तालिवानले एक जना महिलालाई आगो लगाएका छन् । खाना नमिठो पकाएको भन्दै तालिबानले ती महिलामाथि आगो लगाएको बताइएको छ ।

पूर्व न्यायाधीश नज्ला अयोवीले अफगानिस्तानको उत्तरी क्षेत्रमा बिहीबार तालिकानले महिलामाथि आगो लगाएको बताइन् ।

ती न्यायाधीशले तालिबानले सर्वसाधारणलाई खाना पकाउन लगाउने काम गर्न लगाएको बताएकी छन् ।

आइतबार तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको छ । अहिले त्यहाँ हिंसाजन्य घटना भएका समाचारहरू बाहिर आइरहेका छन् ।

मंगलबार पनि बुर्का नलगाएको भन्दै तालिबानले एक जना महिलाको गोली हानी हत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्