Logo

कायममुकायम प्रधानसेनापति शर्मा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता, के भयो कुराकानी ?



Spread the love

२९ साउन, काठमाडाैँ । कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा उनिहरुबीच भएको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनिहरुबीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ तुुल्याउन थप योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्