Logo

सलमान खानको नेपाल भ्रमण स्थगित भएको औपचारिक घोषणा 



Spread the love

बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।ओडिसी इन्टरनेशनलले फागुन २६ गते आयोजना गर्न लागेको कन्सर्ट स्थगित भएको हो । खानको ‘दबंग द टुर’ काठमाडौंमा हुने तय भएको थियो । टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सलमान खानको कन्सर्ट रोक्न चेतावनी दिएसँगै अभिनेता खानको नेपाल यात्रा रोकिएको हो ।

विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्दै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको थियो ।

विप्लव निकट अखिल नेपाल जनसांस्कृतिक महासंघले विज्ञप्ति निकालेर कन्सर्ट स्थगित नगरे नराम्रो परिणाम आउने चेतावनी दिएको थियो ।

महासंघले विज्ञप्ति निकालेपछि भारतीय सञ्चार माध्यमहरुले पनि सलमान खानलाई कन्सर्ट रद्ध गर्न दबाव दिएका थिए ।आयोजक ओडीसी इन्टरनेसनले औपचारिक रुपमा शो स्थगित भएको घोषणा  गरेको छ।

प्रतिक्रिया दिनुहोस्