Logo

खेलाैना पेस्तोल देखाएर शहकारी लुट्न खोज्ने २ जना पक्राउ



Spread the love

१९ साउन, काठमाडाैँ । नक्कली पेस्तोल देखाएर धम्क्याउँदै शहकारी संस्था लुट्न खोज्ने २ जना पक्राउ परेका छन् ।

सोमबार बिहान कागेश्‍वरी मनोहरा नगरपालिका-७ मुलपानी भैरबचौरस्थित भैरब बचत तथा ऋण सहकारी संस्थामा नक्कली पेस्तोल देखाई धाकधम्की दिएको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कागेश्‍वरी मनोहरा नगरपालिका-८ बस्ने २५ वर्षीय अल बहादुर बम र सोही ठाउँ बस्ने हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।

उक्त संस्थामा बा.६५ प ४०८७ नम्बरको स्कुटरमा आएका व्यक्तिहरुले आइतबार दिउँसो पेस्तोल देखाई धाकधम्की दिई डरत्रासमा पारी भागी फरार भएको भन्ने जानकारी प्राप्‍त हुनासाथ महानगरीय प्रहरी वृत्त बाैद्धबाट टोली परिचालन भएको थियो । उक्त टोलीले घटनामा प्रयोग भएको नक्कली खेलौना पेस्तोल १ थान र उक्त स्कुटर सहित पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्