Logo

पूजाको प्रसाद खाँदा एकै गाउँका ३० जना बिरामी



Spread the love

१६ साउन, काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ चापाबोट चालिसे गाउँमा पूजाको प्रसाद खाँदा करिब ३० जना बिरामी भएका छन् ।

बिहीबार स्थानीय एउटा घरमा पूजामा प्रसाद खाएकाहरुलाई झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन्। उनले भनिन्, ुसबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव भएन । हामी बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केका छौँ। ३ जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याएका छौ ।

अन्य बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिइन् । फुडपोइजनको कारणले झाडापखाला लागेकोले ४८ घण्टासम्म सबैलाई ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्