Logo

केपी ओलीले फेरी भने – माधव नेपाललाई पार्टीमा कुनै ठाउँ छैन



Spread the love

१६ साउन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाललाई ‘देशद्रोही’को संज्ञा दिएका छन् । शनिबार एमालेको काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् ।

माधव नेपालले वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएकाले पार्टीमा कुनै ठाउँ नभएको बताएका हुन् ।

‘सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन लागि परे । माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन । फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे । नेकपा एमालेको सरकार ढाले । लगभग दुई तिहाइको पार्टी फुटाए । एमालेको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएर लोकतन्त्र र संविधानको रक्षा गरेको भनेर भ्रम फैलाइएको छ ।’ उनले बैठकमा भने ।

प्रतिक्रिया दिनुहोस्