Logo

ठमेलमा चिनियाँ नागरिकको अवैध रक्सी उत्पादन र बिक्री गर्ने अड्डा



Spread the love

१५ साउन, काठमाडाैँ । अवैध रूपमा मदिरा उत्पादन गरेर बिक्री वितरण गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले गोप्य सुचनाका आधारमा शुक्रबार काठमाडाैको ठमेलबाट ५६ वर्षीय चिनियाँ नागरिक सी जेवेइलाई पक्राउ गरेको हो ।

अपराध महाशाखाले दिएको जानकारी अनुसार सीले ठमेलमा छिन्ता लामाको घर भाडामा लिएर बैशाख १० गतेदेखि होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रा.लि. दर्ता गरी अवैध रुपमा मदिरा उत्पादन पाइएको छ ।

सीको साथबाट प्रहरीले चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, रातो हरियो रङको ८० लि. को प्लाष्टकक ड्रममा रहेको अवैध मदिरा उत्पादन हुने कच्चा पदार्थ ड्रक ११३ थान बरामद गरेको छ ।

प्रहरीले सीसँग बरामद भएका सामानहरूसहित आन्तरिक राजस्व कार्यालय महाराजगंज र स्थानिय जनप्रतिनिधिको रोहबरमा आवश्यक कानुनी कारवाहीको लागि बुझाउने तयारी भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्