Logo

८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो, पराकम्प जाने क्रम जारी



Spread the love

१४ साउन, एजेन्सी । अमेरिकामा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्प गएपछि अमेरिकाको अलास्कामा सुनामीको चेतावनी दिइएको छ ।

अमेरिकन जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्प अलास्काबाट ९१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा गएको हो । उक्त शक्तिशाली भूकम्प स्थानीय समय अनुसार १० : १५ बजे गएको हो ।

अमेरिकन जियोलोजिकल सर्भेले उक्त भूकम्प ४६.७ किलोमिटर गहिराइबाट गएको उल्लेख गरेको छ ।

यो भूकम्पपछि २ ठूला पराकम्प समेत गएको बताइएको छ । ती पराकम्पहरू ६.२ म्याग्निच्युड र ५.६ म्याग्निच्युडको भएको जियोलोजिकल सर्भेले उल्लेख गरेको छ ।

भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्