Logo

निर्मला पन्त मृत्यु प्रकरण : प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखलाई दिए यस्तो निर्देशन



Spread the love

१० साउन, काठमाडाैँ । प्रधानमन्त्री शेर बहादुर देउवाले गृह मन्त्री बालकृष्ण खाँण र प्रहरी प्रमुख ठाकुर ज्ञवालीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री देउवाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पुगेको दिनसम्म के कति अनुसन्धान भयो भन्नेबारे जानकारी लिएका छन् । त्यसैगरी, उनले चाँडोभन्दा चाँडाे दाेषी पत्ता लगाएर कारबाही गर्न निर्देशन समेत दिएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएकाे छु। चाँडोभन्दा चाँडाे दाेषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’

प्रतिक्रिया दिनुहोस्