Logo

भीम रावलले राजीनामा फिर्ता लिने



Spread the love

८ साउन, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् ।

गत साउन ३ गते आइतबार शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिने मामिलामा माधवकुमार नेपालसँग खटपट भएपछि सांसद पदबाट राजीनामा दिएका रावलले अन्ततः राजीनामा फिर्ता लिने भएका हुन् ।

रावलले सांसद पदबाट राजीनामा दिएपछि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको बैठकमा जान छोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्