Logo

नेपाल समूहका नेतालाई आममाफी दिने अध्यक्ष ओलीको घोषणा



Spread the love

७ साउन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी दिएको दुई दिनपछि अध्यक्ष ओलीले विगतका गल्तीलाई आफूले माफी दिने र अब मिलेर अघि बढ्न आग्रह गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘भड्किएका साथीहरूलाई जे सुकै भएको होस्, आममाफी । आउनुहोस् मिलेर काम गरौँ ।’

प्रतिक्रिया दिनुहोस्