Logo

अर्का सांसदले पनि दिए पदबाट राजिनामा



Spread the love

६ साउन, काठमाडाैँ । नेपाली कांग्रेसका एक जना सांसदले राजिनामा दिएका छन् । कांग्रेसका संघीय सांसद डा. अमरेशकुमार सिंहले बुधबार पदबाट राजिनामा दिने घोषणा गरेका हुन् ।

उनले पार्टीको क्रियाशील सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका छन् ।

सांसद सिंहले निष्ठावान, गतिशील र पार्टीप्रति समर्पित पुराना कार्यकर्ता र युवाहरुलाई नसमेटेर क्रियाशील सदस्यता वितरण गरेको आरोप पनि लगाएका छन् ।

प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएर जिम्मेवार नागरिकका रूपमा जनहितको संरक्षण गर्न सक्रिय हुनु आफ्नो मूल कर्तव्य बनेको उनको भनाइ छ।

यसभन्दा अघि नेकपा एमालेका सांसद भीम रावलले पनि पदबाट राजिनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्