Logo

मोटरसाइक चढेकै अवस्थामा एक जना मृत फेला



Spread the love

५ साउन, काठमाडाैँ । मोटरसाइकल चढेकै अवस्थामा एक जना मृत फेला परेका छन् । विराटनगरको भृकुटी चोकनजिक सोमबार साँझ एक जना वृद्धको शव भेटिएको हो ।

उनी को ४ प २३१६ नम्बरको रोकिराखेको मोटरसाइकलमा मृत अवस्थामा फेला परेका छन् । मृतक विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने रहेका छन् ।

उनी मोटरसाइकलमा घोप्टो परेर ढलेको अवस्थामा फेला परेका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उनको शरीरमा चोटपटक देखिएका छन् भने लुगा समेत च्यातिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्