Logo

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबिच फोनवार्ता, के भयो कुराकानी ?



Spread the love

४ साउन, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोनवार्ता भएको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाको ट्वीटरमा लेखिएको छ, ‘मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोन वार्ता गरेको थियो । हामीले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे विचारहरू साटासाट गर्याैँ । प्रधानमन्त्री मोदीले नेपाललाई छिटो कोभिड भ्याक्सिन उपलब्ध गराउने आश्वासन दिए ।’

भारतका प्रधानमन्त्री मोदीले आइतबार नै प्रधानमन्त्री देउवालाई विश्वासको मत पाएपछि बधाइ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्