Logo

दुई मन्त्रीले दिए राजीनामा



Spread the love

२ साउन, जनकपुर । प्रदेश २ मा दुई मन्त्रीले राजीनामा दिएका छन् । माओवादीलाई सरकारमा सहभागी गराउनका लागि त्यहाँका २ मन्त्रीले राजिनामा दिएका हुन् ।

राजिनामा दिनेहरूमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय खाली गराएर मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहा रहेका छन् ।

मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन् । उनीहरूले माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मार्ग–प्रशस्त गर्न मुख्यमन्त्री लालबाबु राउतसमक्ष राजिनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्