Logo

एमाले स्थायी कमिटी बैठक सकियो, गर्यो यस्तो निर्णय



Spread the love

१ साउन, काठमाडाैँ । नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको हो ।

शुक्रबार ललितपुरमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताको बैठक बसेको थियो ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पार्टी एकता जोगाउन २ जेठमा बनेको कार्यदल विघटन गर्ने निर्णय समेत भएको छ ।

प्रवक्ता ज्ञवालीले भने, ‘बैठकले कार्यदलको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने, कार्यदलका लागि ओली सरकारलाई धन्यवाद दिने निर्णय गरेका छौँ । कार्यदलले राम्रो काम गरेको र कार्यदलको सुझावलाई पार्टीले लिनेछ र कार्यदल विघटन गर्ने निर्णय गरेका हौं ।’

त्यस्तै, बैठकले अदालतको फैसलालाई स्वीकार्ने निर्णय गरेको समेत गरेको छ ।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालका नेताहरू स्थायी कमिटी बैठक स्थगित गर्न माग राख्दै पुगेका थिए । तर, ओलीले बैठक रोक्न अस्वीकार गरेपछि उनीहरू फिर्ता भएका थिए ।

बैठकस्थलमा उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्